वाशुलिंग गाविसमा गाविस स्तरिय बालभेला सम्पन्न

बैतडीको वाशुलिंग गाविसमा गाविस स्तरिय बालभेला सम्पन्न भएको छ । आगामी वर्ष २०७३/७४ का लागि योजना छनौंट गर्न गाविस सचिव चेतराज भट्टको अध्यक्षता बाल भेलाको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि बालबालिकाहरुले खेलकुद सामग्री, सांस्कृतिक सामग्री, अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति, बालविवाह मुक्त सम्बन्धी जनचेतनामूलक कार्यक्रम, सिद्धेश्वर प्रा.वि.कटनेलीमा फर्निचर निर्माण, किशोर किशोरी सम्बन्धी जनचेतनामूलक कार्यक्रम लगायतका योजनाहरु छनौट गरिएको वाशुलिंग गा.वि.स.का सामाजिक परिचालक दमयन्ती ऐरीले बताउनुभयो । बाल भेलाबाट बालबालिकाहरुको योजना छनोटका लागि मन पर्ने तथा मन नपर्ने, जोखिम नक्सांकन र परिकल्पना विधिमा व्यापाक छलफल गरी बालबालिकाहरुको योजना छनौट गरिएको सामाजिक परिचालक दमयन्ती ऐरीले जानकारी दिनुभयो ।

 

Skip to toolbar