योजना तर्जुमाका सन्दर्भमा जिल्ला भरी बाल भेला हुदै

बैतडीको श्रीकेदार गाविसमा गाविस स्तरिय बालभेला सम्पन्न भएको छ । आगामी वर्ष २०७३/७४ का लागि योजना छनौंट गर्न गाविस स्तरिय बाल संजालका अध्यक्ष चन्द्र सिंह धामीको अध्यक्षता तथा गाविस सचिव प्रयागराज पन्तको प्रमुख आतिथ्यतामा बाल भेलाको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि बालबालिकाहरुले खेल सामग्री खरिद, गाविसमा रहेका असहाय असक्त सबै बालबालिकाको तथ्याङ्क संकलन गर्ने तथा गाविसमा रहेका असहाय असक्त बालबालिकालाई सहयोग गर्ने, बालबालिहकारुका लागि सचेतनामुलक कार्यक्रम संचालन गर्ने लगायतका योजनाहरु छनौट गरिएको श्रीकेदार सामाजिक परिचालक वशन्ती धामीले बताउनुभयो । कार्यक्रममा ९ वटै वडाका झण्डै एक सय वढि बालबालिका, राजनैतिक दलका प्रतिनिधि, श्रीकेदार स्वास्थ्य चौकी प्रमुख केशवदत्त जोशी, मित्रसंघ बैतडीका एलजिसिडिपि कार्यक्रम संयोजक राधिका भट्ट, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।
बालभेला श्रिकेदार 5
बालभेला श्रिकेदार 2

 बालभेला श्रिकेदार 3

Skip to toolbar