गुरुखोला गाविसमा गाविस स्तरिय बालभेला सम्पन ।

२०७२।०९।०४ बैतडीको गुरुखोला गाविसमा गाविस स्तरिय बालभेला सम्पन्न भएको छ । आगामी वर्ष २०७३/७४ का लागि योजना छनौंट गर्न गाविस स्तरिय बाल क्लबकी अध्यक्ष संगिता भट्टको अध्यक्षता तथा गा.वि.स. सचिव माधव प्रसाद भट्टको प्रमुख आतिथ्यतामा बाल भेलाको आयोजना गरिएको हो । विशिष्ट अतिथी गुरुखोला उपस्वास्थ्य चौकीमा इन्चार्ज तर्कराज भट्ट, राजनैतिक दलका प्रतिनिधि रहनु भएको थियो । वालवालिकाहरुले खेलमैदान निर्माण, खेलकुद सामग्री, बालमैत्री स्थानीय शासन सम्वन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, हाते माईक लगायतका योजनाहरु छनौट गरिएको लगायतका योजनाहरु छनौट गरिएको गुरुखोला गा.वि.स.का सामाजिक परिचालक भागरथी भट्टले बताउनुभयो । कार्यक्रममा ९ वटै वडाका ५७ बालबालिकाहरुको सहभागिता रहेको थियो । बाल भेलाबाट बालबालिकाहरुको योजना छनोटका लागि मन पर्ने तथा मन नपर्ने, जोखिम नक्सांकन र परिकल्पना विधिमा व्यापाक छलफल गरी बालबालिकाहरुको योजना छनौट गरिएको सामाजिक परिचालक भागरथि भट्टले जानकारी दिनुभयो । बालभेलाको सहजीकरण कार्यक्रम संयोजक राधिका भट्ट र सामाजिक परिचालक भागरथी भट्टले गर्नु भएको थियो ।

1 2 3 4

Skip to toolbar