गिरेगडा गाविसमा गाविस स्तरिय बालभेला सम्पन्न

बैतडीको गिरेगडा गाविसमा गाविस स्तरिय बालभेला सम्पन्न भएको छ । आगामी वर्ष २०७३/७४ का लागि योजना छनौंट गर्न बाल भेलाको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि बालबालिकाहरुले खेलकुद सामग्री, सडक नाटक, अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति, बालविवाह मुक्त सम्बन्धी जनचेतनामूलक कार्यक्रम, विध्यालय जाने बाटो निर्माण लगायतका योजनाहरु छनौट गरिएको ग्वाल्लेक जनजागरण केन्द्रका सा.प. संयोजक अम्बिका जोशीले बताउनुभयो । बाल भेलाबाट बालबालिकाहरुको योजना छनोटका लागि मन पर्ने तथा मन नपर्ने, जोखिम नक्सांकन र परिकल्पना विधिमा व्यापाक छलफल गरी बालबालिकाहरुको योजना छनौट गरिएको ग्वाल्लेक जनजागरण केन्द्रका सा.प. संयोजक अम्बिका जोशीले जानकारी दिनुभयो ।

P1280183 P1280193 P1280194 P1280196 P1280203 P1280209 P1280211 P1280215

Skip to toolbar